एकैदिन १ हजार ९६ जना कोरोना संक्रमित

Posted on: 18 Apr, 2021

वैशाख ५, काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ५ हजार ८४ पिसिआर परिक्षण गर्दा १ हजार १५ जनामा संक्रमण पुष्टि र ६ सय ९९ जनाको एन्टीजेन परिक्षण गर्दा ८१ जना गरी जम्मा १ हजार ९६ जनामा कोरोना पुष्टि भएको हो ।

२४ घण्टामा २ सय ६२ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित १ सय १६ जना आइसियु र ४६ जना भेन्टिलेटरमा राखिएको छ । हाल देशभर ६ हजार  २ सय ९० जना सक्रिय संक्रमित रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!