बुवाले घरमा आगो लगाउँदा दुई छोरा जले, एक घाइते

Posted on: 13 Jan, 2021

पुस २९, कालिकोट | कालीकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ दुदुल्लीमा बुवाले घरमा आगो लगाउँदा दुई छोरा जलेर मुत्यु भएको छ। 

नरहरिनाथ–७ का भैरे बटालाले आफ्नो घरमा आगो लगाउँदा उनका दुई छोराको जलेर मङ्गलबार राति मृत्यु भएको हो। भैरे विष सेवन गरेर आफू पनि गम्भीरावस्थामा रहेको जनाइएको छ। 

घरायसी झगडाका कारणले भैरेले घरमा आगो लगाउँदा उनका १२ वर्षीय र सात वर्षीय छोरा क्रमशः गणेश र मनबहादुरको मृत्यु भएको तथा अर्का चार वर्षीय छोरा खगेन्द्र भने घाइते भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख चक्रबहादुर शाहले बताए। रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!