बाघको आक्रमणमा घाइते

Posted on: 28 Apr, 2020

वैशाख १६, बर्दिया | बाघको आक्रमणमा परी बर्दिया, मधुवन नगरपालिका– ४ गम्कागाउँका ५० वर्षीय पहलु थारु गम्भीर घाइते हुनुभएको छ ।  सोमबार साँझ ७ बजे घरको गोठमा भैंसी सार्ने क्रममा  आक्रमण गर्दा उहाँको दाहिने पाखुरामा चोट लागेको छ । 

उहाँको नगरपालिका स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिनुभयो  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!