वीरगञ्जमा नक्कली घिउ उत्पादन गर्ने कारखाना,उपभोक्ताको स्वास्थ्य माथि खेलवाड

Posted on: 23 Dec, 2019

पुस ७, वीरगञ्ज | वीरगञ्जमा  रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योग भेटिएको छ | वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योग  रसायन प्रयोग गरेर नक्कली घिउ उत्पादन गर्ने गरेको प्रहरीको भनाइ छ |


उक्त कार्यमा संग्लग्न  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ | उपभोक्ताको स्वास्थ्य माथि खेलवाड गर्ने भन्दै प्रहरीले पक्राउ गरेको हो |  जिल्ला प्रहरी कार्यालय, बाराका प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार विशेष सूचनाका आधारमा रसायन प्रयोग गरी घिउ उत्पादन गरेको फेला पारेको हो | घिउमा कुन रसायन मिसायो भन्ने कुरा भने खुलेको छैन | 

यसरी उत्पादन गरेको घिउमा पूजा, दुर्गा र गोकुल शुद्ध घिउको स्टिकर लगाएर बजारमा पठाउने गरेको पाइएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!