नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

Posted on: 18 Aug, 2019

भदौ १, बेत्रावती (रासस) । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले जानकारी दिनुभयो ।

उहाँको अनुसार आमासँग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गतासमेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्यधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!