नुवाकोटका तेक्वान्दो खेलाडी रमेश र राधेश्यामलाई कोरियामा स्वर्ण पदक

Posted on: 03 Aug, 2019

साउन १८, काठमाडौँ । कोरियाको शिन्हान युनिभर्सिटीमा जारी World Peace Taekeondo Festival मा सहभागि नुवाकोटका तेक्वान्दो खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन्।

२ देखि १० अगस्ट सम्म हुने प्रतियोगिताको आज भएको Side Kick Breaking तर्फ रमेश कुमार श्रेष्ठ ले स्वर्ण पदक जितेका छन् ।


चालीस भन्दा धेरै राष्ट्रका खेलाडीहरुको सहभागीता रहेको उक्त प्रतियोगिताको  हिजो भएको पुम्से तर्फ पनि श्रेष्ठले नेपालको लागी रजत पदक दिलाउन सफल भएका थिए । साथै उनले नेपालको लागि दुई पदक दिलाउन सफल भएका छन।


यसैगरी, Knife Hand Breaking तर्फ राधेश्याम पण्डितले  स्वर्ण पदक जित्न सफल भएका छन।  खरानिटार स्थायी घर भएका पण्डित कामको सिलसिलामा बिगत ४ बर्ष देखि कोरियामा रहदै आएका थिए।





यस बिषयमा तपाइको प्रतिक्रिया...!