सत्केरीको मृत्युपछि आफन्तले गरे प्रदर्शन, प्रदर्शनका कारण गल्छी–त्रिशूली सडक अबरुद्ध

Posted on: 26 Jul, 2019

साउन १०, नुवाकोट  | तारकेश्वर गाउँपालिका–५, नुवाकोटकी ३५ वर्षीया गोमा वस्तीको चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले शुक्रबार प्रदर्शन गरेका छन् |  दोषी चिकित्सकमाथि कडाभन्दा कडा कारवाही हुनुपर्ने उनीहरुको माग छ | प्रदर्शनका कारण गल्छी–देवीघाट–त्रिशूली सडक अबरुद्ध भएको छ | त्रिशूली अस्पताल भर्ना भएकी वस्तीले बिहीबार बिहान सामान्य अवस्थामा छोरा जन्माएकी थिइन् । 

तर, छोरो जन्माएपछि उनमा अत्यधिक रक्तश्राव भयो । रक्तश्रावपछि उनलाई अस्पतालले रेफर गरिदिएको थियो । तर हेलिकोप्टरबाट शिक्षण अस्पताल नपुर्याउँदै उनको मृत्यु भएको थियो  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!