चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन प्रतिबन्ध

Posted on: 05 Dec, 2018

मङ्सिर १९, नेपालगञ्ज | बाँकेमा अबदेखि चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा आप्mनो क्षेत्रभन्दा बाहिर सुनिने गरी लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो । 

प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को स्वरमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत सबै क्षेत्रमा नकारात्मक प्रभाव परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!