रुकुमका स्वास्थ्यचौकी चिकित्सकबिहीन

Posted on: 31 Oct, 2018

कात्तिक १४, मुसिकोट | रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३ स्थित खारानेटा स्वास्थ्यचौकी चिकित्सकबिहीन छ । पाँच शय्याको उक्त स्वास्थ्यचौकीमा चिकित्सक नहुँदा बिरामी मारमा परेका छन् । 

नेपाली सेनाको देवीदल गणले गत जेठमा उक्त स्वास्थ्यचौकी भवन निर्माण गरेको हो । करीब रु २० लाखको लागतमा शौचालय र स्नान कक्षसहित गाउँपालिका केन्द्र नजिकै सो स्वास्थ्यचौकी सञ्चालनमा आएको हो । 

नेपाली सेनाले स्वास्थ्यचौकी भवन निर्माण गरी गाउँपालिकालाई हस्तान्तरण गरेको थियो । 

चिकित्सक नहुँदा उपचारका लागि आउने बिरामी उपचार नगरिकनै फर्कने गरेका छन् । स्थानीयवासी धनमाया ओलीका अनुसार स्वास्थ्यचौकी सधैँ बन्द रहन्छ । “घर नजिकै अस्पताल बन्यो, चिकित्सक छैनन्”, उहाँले भन्नुभयो । यहाँका बिरामी सदरमुकाम सल्ले, दाङ, नेपालगञ्जलगायत ठाउँमा उपचारका लागि जान बाध्य छन् । त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी मानबहादुर खत्रीले आवश्यक दरबन्दी अनुसार कर्मचारी माग गरिएको बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!