चार वर्षअघि हराएको रुकुमका एक किशोरको उद्धार

Posted on: 11 Jan, 2017

पुस २७, रुकुम । भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाइएको छ । 

आमाबुबाको साथमा भारत गएको बेला २०६९ सालमा हराएका खोलागाउँ–८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरेर आफन्तको जिम्मा लगाएको हो । 

गत चैत १३ गते भारतीय प्रहरीले किशोरको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको भए पनि उनको वास्तविक ठेगाना थाहा नपाउँदा समस्या भएको थियो । 

नेपाल प्रहरीले किशोरलाई रुपन्देहीमा रहेको नेपाल अविनाश अनाथ आश्रममा राखेको थियो । जिल्ला बाल कल्याण समितिको समन्वयमा नेपालीलाई आज रुकुम पु¥याएर उनका कान्छाबुबा हीराबहादुर सार्कीको जिम्मा लगाएको बाल अधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । किशोरका आमाबुबा अहिले पनि भारतको गोरखपुरमा नै रहेको बताएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!