ट्याक्टर दुर्घटना हुँदा ४ जना घाईते

Posted on: 25 Nov, 2016

ज्ञान् गौतम/मङ्सिर १०, रुकुम । सल्यानको सानी पिप्लीबाट चौरजहारी वालुवा लिएर आउदै गरेको भे १ च ५३४५ नम्वरको टयाक्टर कोर्तिको जंगलनजिकै मोडमा दुर्घटना ४ जना घाईते भएका छन  । 

दुर्घटनामापरी चौरजहारी नगरपालिका २ का ९ वािर्षय सन्तोष लामिछाने  सोही नगरपालिका ९ का ११ वािर्षय विज्ञान नेपाली सल्यान कालागाउँ ३ का १६ वर्षिय सुवास शाही र जाजरकोट पैक गाविस वडा नं ३ का १७ वर्षिय गोरख तिरुवा घाईते भएका हुन । 

घाईतेहरुको हात खुटटा र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ  । टयाक्टरको ट्रली भित्र वालुवा पुरीएर रहेको अवस्थामा घाईतेको  स्थानियले उद्धार गरेका थिए । उनीहरुको चौरजहारी अस्पतालमा उपचार भैरहेको छ । 

उनिहरु आफन्त कहाँ वाट चौरजहारी फर्कनेक्रममा टयाक्टरमा आएका थिए । दुर्घटना लगतै चालक फरार भएकोले खोजीकार्य भैरहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी सहायक निरिक्षक हरी वहादुर चौधरीले  रेडियो चौरजहारीलाई जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!