भदौ २५, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको सरुमारानी गाउँपालिका १ घर भएका ३१ वर्षीय समिर अहमद र खोटाङका ३० वर्षीय देवराज खत्री रहेका छन् ।
कतारबाट नेपाल आएका अहमदको साथबाट प्रहरीले ५४ ग्राम सुनको ढिक्का, औँठी र मोबाइल बरामद गरेको छ ।
यस्तै, भन्सार छलेको सुन लैजान लागेको अवस्थामा २५ ग्राम तौल बराबरको सुनको सिक्री, दुई थान मोबाइल र ल्यापटपसहित देबराज खत्रीलाई पक्राउ परेका हुन् ।
उनीहरूबारे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!