हेलिकाेप्टर दुर्घटना: क्याप्टेन अरुण मल्लले उडाएका थिए हेलिकप्टर, को–को थिए यात्रु ? (सूची)

Posted on: 07 Aug, 2024

साउन २३, काठमाडौँ । एयर डाइनेस्टीको हेलिकप्टर बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको खुलेको छ । नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ । 


नुवाकोटको शिवपुरी गाउँपालिका १ स्थित गुर्जेमा भएको दुर्घटनामा ४ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर उद्धार कार्य सुरु भइसकेको छ ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । हालसम्म चार जनाको शव फेला परेको बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!