उडिरहेको जहाजमा फोटो/भिडिओ खिच्ने बुद्ध एअरका पाइलटलाई कारबाही

Posted on: 05 Jun, 2023

जेठ २२, काठमाडौँ | नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एअरका एक पाइलटलाई उडिरहेको जहाजमा फोटो र भिडियो खिचेको भन्दै कारबाही गरेको छ ।

प्राधिकरणले उडिरहेको जहाजमा पाइलटले फोटो भिडिओ खिचि हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले कारबाही गरिएको बताएको छ ।

प्राधिकरणका प्रवक्रा जगन्नाथ निरौलाले जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै एक्टिभ ड्युटीबाट हटाइएको बताए । उनकाअनुसार यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण सोधेको छ । पाइलटको नाम भने खुलाउन नमिल्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!