मौसम बिग्रिएपछि काठमाडौं आउँदै गरेका तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | काठमाडौंको मौसम बिग्रिएपछि तीनवटा अन्तर्राष्ट्रिय उडान होल्ड भएको छ । दिल्लीबाट आउँदै गरेको विस्तारा एयरलाइन्स र कतारको दोहाबाट आउँदै गरेको कतार एयरवेज होल्ड भएको छ ।

दिल्लीबाट नै नेपालतर्फ आउँदै गरेको नेपाल एयरलाइन्सको जहाजलाई पनि होल्ड गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।

उनका अनुसार आन्तरिक उडान पनि प्रभावित भएको छ । काठमाडौं बाहिरबाट आउने जहाजलाई पनि डाइभर्ट गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!