काठमाडौँको शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | काठमाडौँको तार्केश्वर नगरपालिकास्थित शेषमति खोलामा बस र मोटरसाइकल खस्दा १० जना घाइते भएका छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी सीताराम रिजालका अनुसार बा ३ ख ६३६७ नम्बरको बस र बा ४९ प ७०१ को मोटरसाइकल दुर्घटनामा परेको हो । घाइते मध्ये ६ जनाको पिपल्स अस्पताल नयाँ बजार र बाँकीको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको रिजालको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!