सवारी दुर्घटना घटाउन डिजिटल बोर्ड

Posted on: 16 May, 2023

जेठ २, तुलसीपुर | सवारी दुर्घटना न्यूनीकरण गर्न तुलसीपुर उपमहानगरपालिका चार प्रमुख स्थानमा डिजिटल बोर्ड राखिएको छ । ट्राफिक  नियमको पालना गराउन र यससम्बन्धी थप जानकारी गराउने उद्देश्यले तुलसीपुर बसपार्क, वीरेन्द्र चोक, गोटिखोला र जसपुरमा डिजिटल बोर्ड राखिएको हो । 

डिजिटल बोर्ड उद्घाटनमा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले यी बोर्डले दुर्घटना न्यूनिकरण गर्न सहयोग पु¥याउने भन्दै  ट्राफिक चेतनाबारे सबैमा जानकारी हुनुपर्ने बताउनुभयो । 

यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईले अस्वस्थ प्रतिस्पर्धा र तीव्र गतिका कारण धेरै दुर्घटना हुने गरेको जानकारी गराउनुभयो । उहाँले  दुर्घटना न्यूनीकरणका लागि आम नागरिकमा ट्राफिक नियमबारे जानकारी गराउनुपर्नेमा जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ र तुलसीपुरका युवा व्यवसायी विनिल केसीले डिजिटल बोर्ड राख्नका लागि आर्थिक सहयोग उपलब्ध गराउनु भएको थियो । कार्यक्रममा राष्ट्रिय यातायात महासङ्घका सल्लाहकार सुरेश हमालले दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायी, मजदुर र ट्राफिक प्रहरीबीच नङ र मासुको सम्बन्ध हुनुपर्ने बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!