दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 12 May, 2023

वैशाख २९, दाङ | दाङमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

दाङको घोराही उपमहानगरपालिका–१४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै रा १ ख १२०१ नम्बरको बसले रा ३ प ४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा रोल्पाको रुन्टीगढी गाउँपालिका– ३ का २१ वर्षीय चन्द्रबहादुर नेपाली रहेका छन् ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक चन्द्रबहादुरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीवार राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!