दार्चुलाको हिम पहिरोमा बेपत्ता एक जनाको शव ८ दिनपछि भेटियो

Posted on: 11 May, 2023

बैशाख २८, काठमाडौं | दार्चुलाको हिम पहिरोमा बेपत्ता भएका एकको शव ८ दिन पछि भेटिएको छ ।

बुधवार डोटीको जोरायल गाउँपालिका–२ की १५ वर्षीया छिमी सोमो थापाको शव भेटिएसँगै बेपत्ता पाँचै जनाको शव भेटिएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।

दार्चुलाको ब्याँस गाउँपालिका–१ भोलुममा वैशाख १९ गते गएको हिम पहिरोमा परेर ५ जना बेपत्ता भएका थिए। ७ जनाले भागेर ज्यान जोगाएका थिए।

उनीहरूलाई सोही दिन प्रहरीले सकुशल उद्धार गरेको थियो। यार्सागुम्बा संकलनका लागि भोलुममा पुगेकाहरूमध्ये ५ जना हिम पहिरोमा बेपत्ता भएका थिए।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल नम्बर–५० गुल्मबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले बेपत्ताहरूको खोजी गरिरहेकोमा बुधवार छिमीको शव फेला पारेको हो।

यसअघि अन्य ४ जनाको शव प्रहरीले फेला पारिसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!