प्रथम रजस्वालाको ‘दाग’ देखेर दाईद्वारा बहिनीको हत्या

Posted on: 10 May, 2023

एजेन्सी | १२ वर्षीय बहिनीको हत्या गरेको अभियोगमा भारतको थानेबाट ३० वर्षीय एक युवक पक्राउ गरेका छन् ।

भारतीय संचारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सेक्युरेटी गार्डको रुपमा कार्यरत ति युवाले आफ्नी बहिनीको प्रथम राजस्वलाको दाग कपडामा देखेपछि बहिनीले कसैसँग शारीरिक सम्बन्ध कायम गरेको शंकामा बहिनीको हत्या गरेका हुन् ।

‘राजस्वला हुँदाको दागलाई शाररिक संपर्कको रुपमा बुझेको कारण हत्या गरिएको देखिएको छ । यस् विषयमा थप अनुसन्धान भईरहेको छ’, प्रहरीलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

मृतक बालिका उल्लासनगरमा आफ्ना दाई र भाउजुसँग बस्दै आएको जनाइएको छ । घटनाको केही दिन अगाडिदेखि पीडित बालिकाको प्रथम राजस्वला सुरु भएको र उनका दाईले कपडामा सो दाग देखेपपछि बहिनीले शारीरिक सम्बन्ध राखेको शंका गर्दै बहिनीलाई प्रश्न गरेका थिए ।

यद्यपी पहिलो पटक राजस्वला भोगिरहेकी उनकी बहिनीले दाजुको प्रश्नको उत्तर भने दिन सकिनन् । दाईले बहिनीको मुख तथा शरीरका अन्य भागमा तातो चिम्टाले यातना दिन सुरु गरे ।

यातनापछि बालिकालाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । पीडक दाईलाई हाल भारतीय दण्ड संहिताको धारा ३०२ अन्तर्गत हत्याको मुद्दा दर्ता गरिएको रिपोर्टमा उल्लेख छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!