मन्त्रिपरिषद् बैठक: एकैपटक ४४ सहसचिवको सरुवा (सूचीसहित)

Posted on: 09 May, 2023

वैशाख २६, काठमाडौं | सरकारले एकैपटक ४४ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ४४ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

सरुवा हुनेमा नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिव रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको छ । जसमा अतिरिक्तमा रहेकादेखि दुर्गम र सुगम मिलाउन खोज्दा केही समय लागेको र सकेसम्म न्यायोचित तवरले सरुवा गरेको मन्त्रालयको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!