उदयपुरमा बसबाट लडेर ३८ वर्षीय पुरुषको मृत्यु

Posted on: 09 May, 2023

वैशाख २६, उदयपुर | उदयपुरमा बसबाट लडेर एक पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान कटारी नगरपालिका–२ खोक्सास्थित सडकमा ग.२ ख. १०१ नम्बरको बसबाट लडेर सोही नगरपालिका–५ का ३८ वर्षीय सुमन भुजेलको मृत्यु भएको हो ।

बसबाट लडेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!