इपिएस प्रणाली मार्फत कोरिया जानेसँग बढी भाडा लिएमा उजुरी गर्न आग्रह

Posted on: 04 May, 2023

बैशाख २१, काठमाडौँ | युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिले  रोजगार अनुमति प्रणाली (इपिएस ) प्रणाली मार्फत दक्षिण कोरिया जाँदा हवाई भाडाा तोकिएको भन्दा बढी लिइएमा उजुरी गर्न आग्रह गरेको छ । 

बिहीबार एक सूचना जारी गर्दै कम्पनीले सरकारसँग भएको सम्झौता अनुसार तोकिएको भाडा तिरेर कोरिया जान आग्रह गरेको हो । 

गत माघ तीन गते वैदेशिक रोजगार विभागको ईपीएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिबीच भएको सम्झौता अनुसार इपिएस प्रणालीमार्फत कोरिया जाने कामदारको प्रति टिकट मूल्य अमेरीकी डलर ८९५ निर्धारण भएको कम्पनीले जनाएको छ। कम्पनीले तोकिए बमोजिमको मूल्यमामात्रै हवाई टिकट लिन आग्रह गर्दै तोकिएको रकम भन्दा बढी रकम कसैले लिएमा वा लिने कोशिस गरेमा कम्पनीको इपिएस शाखा वा वैदेशिक रोजगार विभाग, इपिएस कोरिया शाखा ग्वार्को ललितपुरमा उजुरी गर्न कम्पनीले सूचनामार्फत अनुरोध गरेको हो । 

सोही अनुसार राष्ट्र बैङ्कको प्रचलित विनिमयदरबमोजिम हुन आउने रकम सौझै तोकिएको बैङ्क खातामा जम्मा गरी टिकट लिन अनुरोध गरिएको छ ।

उजुरी अमेरिकी डलर वैदेशिक रोजगार विभागको इपिएस शाखा र युनिभर्सल टुर्स एण्ड ट्राभल्स प्रालिको ईपीएस शाखामा गर्न सकिने छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!