बालाजुको पेट्रोल पम्पमा काठमाडौं महानगरले गर्‍यो सिल

Posted on: 27 Apr, 2023

वैशाख १४, काठमाडौँ | काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा सिल गरेको छ । महानगरको नगर प्रहरीले आज बालाजुमा रहेको कोत धुकु पेट्रोल पम्प सिल गरेको हो ।

अबैध रुपमा घरकाे सटरमा पेट्रोल पम्प सञ्चालन गरेकाे भन्दै महानगरले  पेट्रोल पम्पमा सिल गरेकाे  नगरप्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!