सिंगापुर पठाइदिने बहानामा ठगी गर्ने पक्राउ

Posted on: 26 Apr, 2023

बैशाख १३, काठमाडौँ | वैदेशिक रोजगारीका लागि सिंगापुर पठाउने बहानामा ठगी गरेको आरोपमा प्रहरीले झापा अर्जुनधाराका ओमनाथ मैनालीलाई पक्राउ गरेको छ । मैनालीले गोङ्गबुका मीनबहादुर रानालाई वैदेशिक रोजगारीको लागि सिंगापुर पठाइदिन्छु भन्दै पटक पटक गरी ६ लाख ५० हजार रुपैंया ठगी गरेको आरोप छ ।

वैदेशिक रोजगार विभागको पत्र अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले मैनालीलाई नियन्त्रणमा लिएर विभागमा जिम्मा लगाएको छ। अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार मैनालीलाई बबरमहलबाट पक्राउ गरिएको हो । उनलाई थप अनुसन्धान तथा करबाहीको लागि विभागको जिम्मा लगाइएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!