दुर्गा प्रसाईंले आयकर नतिरेपछि कर कार्यालयले दियो १५ दिने ‘अल्टिमेटम’

Posted on: 26 Apr, 2023

बैशाख १३, काठमाडौँ | दुर्गा प्रसाईंले आयकर नतिरेपछि उनलाई कर कार्यालयले १५ दिने ‘अल्टिमेटम’ दिएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुर झापाले बक्यौता रकम दाखिलाका लागि अटेर गरेको भन्दै दुर्गा प्रसाईंलाई १५ दिनको समय दिएको हो। 

उनले सञ्चालन गरेको बीएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको राजस्व कार्यालयले जनाएको छ।

पटक-पटक पत्राचार, फोन सम्पर्क तथा सङ्कलन भ्रमणका माध्यमबाट आयकर र मूल्यअभिवृद्धि कर दाखिला गर्न आग्रह गर्दा पनि सम्पर्कमा नआएपछि करदाताको नामसहित सार्वजनिक सूचना जारी गरिएको आन्तरिक राजस्व कार्यालय भद्रपुरले बताएको छ। 

सञ्चालक दुर्गा प्रसाईंसहित कर बक्यौता रहेको ३६ कम्पनीलाई १५ दिने ‘अल्टिमेटम’ दिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!