वैशाख १३, डोटी | डोटीको जोरायल गाउँपालिका-१ मा एक गर्भवती महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।
जङ्गलमा स्याउला लिन गएको गर्ने क्रममा २१ वर्षीया अनिता मल्लको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
अनिता मंगलबार बिहान स्याउला लिन घरबाट करिब २ किलोमिटर टाढाको जङ्गलमा गएकी थिइन । दिउँसो खाना खाने समयमा पनि उनी घर नफर्केपछि खोजतलास गर्दा स्याउला संकलन गरेको स्थानबाट करिब ४ सय मिटर तल खोल्सामा मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए ।
प्रहरीर स्थानीय बासिन्दाको सहयोगमा मृतकको भिरबाट शव निकालिएको र पोष्टमार्टमको लागि उप क्षेत्रीय अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!