क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

Posted on: 25 Apr, 2023

वैशाख १२, काठमाडौँ । वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन् । पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन् ।

पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो । कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ३४ वर्षीया कुँवरलाई गोकर्णेश्वरको जम्बुडाँडाबाट पक्राउ गरेको थियो । उनलाई  थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!