पृथ्वी राजमार्गको तनहुँ १ खण्डमा भोलि विहान ५ बजेदेखि ६ साँझ बजेसम्म गाडी नचल्ने

Posted on: 22 Apr, 2023

वैशाख ९, तनहुँ | उपनिर्वाचनका कारण पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ–१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार आइतबार तनहुँ जिल्लाको क्षेत्र नं १ मा उपनिर्वाचन हुने हुँदा विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सडक खण्ड बन्द रहने जानकारी दिए ।

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, आँबुखैरेनी-गोरखा सडक खण्ड र दमौली -दुईपिप्ले सडक खण्डमा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाइएको तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको सवारी साधन बाहेक सबै प्रकारका सवारी पूर्ण रुपमा बन्द रहने सूचना जारी गरेको छन् |

जिल्ला प्रशासन कार्यालय तनहुँले शनिबार साँझ एक सूचना जारी गरी पृथ्वी राजमार्ग हुँदै चल्ने सवारी साधन विहान ५ बजेदेखि साँझ ६ बजेसम्म बन्द रहने सूचना जारी गरेको छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!