प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित, कतार एयरवेज र भिस्तारा एयरको जहाज आकाशमै होल्ड

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौँ । प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित बनेको छ ।

काठमाडौंमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरु डिले भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।

आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरु डिले भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!