नेपाली सेनामा ४ हजार सैन्य पदमा भर्ना खुल्यो (सूचना)

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौं | नेपाली सेनाले रिक्त रहेको ४ हजार ५ सय सैन्य पदमा पदपूर्तिका लागि दरखास्त आव्हान गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालय, जङ्गी अड्डाले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि भन्दै शुक्रबार विज्ञापन प्रकाशन गरेको हो ।

विज्ञापन अनुसार खुलातर्फ २ हजार ३५१ पदका लागि दरखास्त मागिएको छ । त्यस्तै समावेशीतर्फ महिला कोटामा ३९०, आदिवासीरजनजातिमा ६७१, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रका लागि ९० पदमा आवेदन मागिएको छ । त्यसै गरी शारीरिक रूपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि २२५ कोटा छुट्ट्याइएको छ ।

तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्न सक्नेछन् । आवेदन भरिसकेपछि उम्मेदवार स्वयम्ले त्यसको हार्डकपी प्रिन्ट(आउट गरी तोकिएका भर्ना केन्द्रमा बुझाउनु पर्ने बताइएको छ । त्यस्तै उम्मेदवार स्वयम् भर्ना केन्द्रमा उपस्थित भई दरखास्त फाराम भरेर बुझाउन पनि सक्नेछन् ।

आवेदन पेस गर्ने मिति २०८० वैशाख ०८ देखि जेठ ०७ गतेसम्म तोकिएको छ । यद्यपि जेठको १४ गतेसम्म दोब्बर दस्तुर बुझाई दरखास्त दिन सकिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!