राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत

Posted on: 19 Apr, 2023

बैशाख ६, काठमाडौँ | राप्रपा संसदीय दलको सचेतकमा विना लामा मनोनीत भएकी छन् । राप्रपा विधानबमोजिम संसदीय दलका नेता राजेन्द्र लिङदेनले उनलाई सचेतकमा मनोनीत गरेका हुन् ।


धादिङबाट समानुपातिक प्रतिनिधत्व गर्ने लामा यसअघि रुबी भ्याली गाउँपालिकाको उपाध्यक्ष थिइन् ।

राप्रपा दलको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!