विभिन्न किसिमका प्रलोभन देखाई शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोपमा होटल सञ्चालक पक्राउ

Posted on: 19 Apr, 2023

बैशाख ६, दाङ | दाङ देउखुरीको लमहीस्थित बी एण्ड बी होटलका सञ्चालक नुमाराज भुषाल मानव बेचबिखन तथा ओसारपसार कसुरमा पक्राउ परेका छन् ।

पीडितको उजुरीको आधारमा पक्राउ परेका ४४ वर्षीय भुषाललाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान गरिरहेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

भुषालले कामको खोजीमा आएका दुई जना महिलालाई विभिन्न किसिमका प्रलोभन देखाई परपुरुषसँग शारिरीक सम्बन्ध राख्न लगाएको र इन्कार गर्दा पनि डर त्रास देखाउँदै गलत काम गर्न बाध्य पारेको उजुरी प्रहरीमा परेको थियो । सोही उजुरीको आधारमा भुषाललाई यही वैशाख ४ गते दिउँसो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

उनीमाथि २०७९ साल मंसिर महिनाको अन्तिमदेखि चैत २७ गतेसम्म पटक–पटक होटलमा बोलाएर शारिरीक सम्बन्ध राख्न बाध्य बनाएको आरोप लागेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!