नेपालविरुद्ध मलेसियाको बलियो शुरूआत

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौं | एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा मलेसियाले नेपालविरुद्ध राम्रो शुरूआत गरेको छ ।

यो समाचार तयार पार्दासम्म मलेसियाले २६ ओभरमा १ विकेट गुमाएर १०५ रन जोडेको छ ।

उसका लागि अहमद फैजले अर्धशतकीय योगदान गरेका छन् । नेपालका लागि एक मात्र विकेट गुल्सन झाले लिएका हुन् ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले भारत पाकिस्तान लगायत टेस्ट राष्ट्रसँग एक दिवसीय एसिया कप खेल्नेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!