हराइरहेकी ७ वर्षीया बालिका मृत फेला

Posted on: 18 Apr, 2023

वैशाख ५, बैतडी | बैतडीमा ७ वर्षीया बालिका मृत फेला परेकी छन्। पाटन नगरपालिका वडा नम्बर–४ बाट सोमबार हराइरहेकी बालिका मंगलबार मृत फेला  परेकी हुन्।  

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीका अनुसार स्थानीय रमेश चन्दकी ७ वर्षीया छोरी ललिता चन्द आज बिहान ७:३५ बजे मङराउ खोलामा मृत अवस्थामा फेला परिन्। उनी सोमबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!