बालेन विरुद्धको रिटमा आज सुनुवाई

Posted on: 18 Apr, 2023

वैशाख ५, काठमाडौं | सिंहदरवार तथा राष्ट्रपति निवासको फोहर नउठाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ को निर्णयविरुद्ध परेको रिट निवेदनमा आज मंगलवार सुनवाई हुँदैछ ।

बालेनले अघिल्लो शनिवार सिंहदरवार र राष्ट्रपति निवासभित्रको फोहर नउठाउने भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गरेका थिए । त्यस्तायता सिंहदरवार र राष्ट्रपति निवासको फोहर उठ्न सकेको छैन ।

महानगरलाई केन्द्रले असहयोग गरेका १४ कारण दिँदै उनले फोहोर नउठाउने बताएका थिए। नदी किनारका सुकुम्बासी बस्ती हटाउन गृह मन्त्रालयले असहयोग गरेकोसहित उनले १४ वटा मन्त्रालयले विभिन्न काम अघि बढाउन सहयोग नगरेको बताएका छन्।

अधिवक्ता पदमबहादुर श्रेष्ठले सोमबार मेयर बालेनको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए। त्यसको प्रारम्भिक सुनुवाइ आज हुने सर्वोच्च अदालतको प्रशासनले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!