तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी

Posted on: 17 Apr, 2023

बैशाख ४, कालीकोट | कालीकोटको तिला नदीमा बेपत्ता हुनुभएका जिल्ला समन्वय समिति कालीकोटका सदस्य कालीबहादुर विश्वकर्मा अझँै फेला पर्नुभएको छैन् । तिला नदीबाट दाउरा निकाल्ने क्रममा तिलागुफा नगरपालिका–१ भिग्मबाट विश्वकर्मा बेपत्ता हुनुभएको थियो ।

शनिबार बिहान ११ बजेतिर तिला नदीमा दाउरा निकाल्न जानु भएका विश्वकर्माको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । गत जेठमा कांग्रेसबाट वडा सदस्य निर्वाचित ३७ वर्षीय विश्वकर्मा भदौमा गठबन्धनको तर्फबाट जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित हुनुभएको थियो । 

उहाँको स्थानीय र प्रहरीले शनिबारदेखि खोजी गरिरहेको जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!