'इन्डिकेटर' मा समस्या देखिएपछि रनवेबाटै फर्कियो भैरहवा उडेको बुद्धको जहाज

Posted on: 27 Mar, 2023

चैत १३, काठमाडौँ |  इन्डिकेटरमा समस्या देखिएपछि भैरहवा उडेको बुद्ध एयरको जहाज रनवेबाटै फिर्ता भएको छ । सोमबार काठमाडौंदेखि भैरहवा उडानका लागि तयार रहेको बुद्ध एयरको जहाजको ‘इन्डिकेटर’मा समस्या देखिएपछि जहाज फिर्ता भएको हो ।

काठमाडौंबाट भैरहवाको लागि उड्न लागेको उडान नम्बर यू ८४५ को विमानले टेकअफ हुन नसकेपछि रनवेबाटै पार्किङमा फर्किएको विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 


उनकाअनुसार 'इन्डिकेटर' मा समस्या आएपछि जहाज पुनः पार्किङमै फर्किएको हो।  

यसअघि काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरकै जहाजको ‘इन्डिकेटर’मा समस्या देखिएपछि नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरको सो जहाज ग्राउन्डेड गरेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!