चैत १० गतेसम्म सरकारलाई पूर्णता दिने प्रधानमन्त्रीको घोषणा

Posted on: 17 Mar, 2023

चैत ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहालले चैत १० गतेसम्म सरकारले पूर्णता पाउने बताएका छन्।

शुक्रबार लगानी बोर्डको बैठकपछि प्रधानमन्त्री दाहालले आफूले चैत ६ गते विश्वासको मत लिने र त्यसको चार दिनभित्र सरकारले पूर्णता पाउने बताएका हुन्।

‘विश्वासको मतपछि सरकारलाई पूर्णता दिनेछु। विश्वासको मत ६ गते लिने भनिएको नै छ। त्यसको चार दिनभित्रमा सरकारलाई पूर्णता दिन्छु’, उनले भने।

प्रधानमन्त्री प्रचण्डले सरकार विस्तार गर्न कुनै पनि अप्ठ्यारो नरहेको दाबी गरे।

यस बिषयमा तपाइको प्रतिक्रिया...!