ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटियो

Posted on: 22 Feb, 2023

फागुन १०, काठमाडौँ | सिरहामा ग्लोबल आइएमई बैंकको ९ लाख रुपैयाँ लुटिएको छ ।

बुधबार दिउँसो ३ बजे मिर्चैयाको ग्लोबल आइएमई बैंकबाट शाखा कार्यालय कल्याणपुरमा लैजाँदै गरेको कर्मचारीको साथबाट ९ लाख रकम लुटिएको सिरहाका प्रहरी प्रवक्ता रविन्द्रराज पाण्डेले जानकारी दिए ।

मोटरसाइकलमा रकम लिएर कल्‍याणपुर जाँदै गर्दा मिर्चैयाको बसहा पुलमा ४ जनाको अज्ञात समूहले रकम लुटेको प्रहरीले जनाएको छ । लुटेराहरुको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!