सिरहामा रुखमा झुण्डिएको अवस्थामा भेटियो सशस्त्र प्रहरीको शव

Posted on: 16 Sep, 2022

भदौ ३१, सिरहा | सिरहामा सशस्त्र प्रहरीका एक जवानको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको छ । जिल्लाको सिरहा नगरपालिका २१ लगडीगोठ वीओपीमा कार्यरत उदयपुरको ताप्ली गाउँपालिका ३ का २६ वर्षीय गिरिजानारायण श्रेष्ठको शव फेला परेको सशस्त्र प्रहरी बल ७ नम्वर गण हेडक्वाटर प्रमुखले जानकारी दिए । 


जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले घटनाको प्रकृति मुचुल्का उठाउने कार्य भइरहेको बताए ।  उनले विहान ६:२५ बजेको समयमा घटना भएको र घटनाकाे अनुसन्धानमा प्रहरी खटिसकेको बुढाथोकीले जनाए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!