सिराहाबाट ६७ थान खयरको काठ बरामद

Posted on: 20 Aug, 2022

भदौ ४, सिराहा | सिराहामा वन कार्यालयको कर्मचारी र काठ तस्करकाे मिलेमतोमा स-मिलमा ल्याइएको  ६८ थान काठ  बरामद गरिएकाे छ । काठ तस्करहरूले अवैध रुपमा कटान गरी स-मिलसम्म ल्याएको खयरको काठ डिभिजन वन कार्यालय लाहानको टोलीले बरामद गरेको हो  ।


मिर्चैया नगरपालिका–९ कमलदहमा रहेको समुदायिक वन घुर्मी डाँडाको नर्सरीबाट खयर र सिसाै जातका रूख कटानपछि चोरी निकासी गरी स- मिलसम्म ल्याए फेला परेकाे छ ।  

सव-डिभिजन वन कार्यालय चोहर्वा र सव-डिभिजन कार्यालय मिर्चैयाकै कर्मचारीको मिलोमतोमा मिर्चैया नगरपालिका–९ घुर्मी पुलको छेउमा रहेको लक्ष्मी नारायण स–मिलबाट गत बिहीबार राति खयरको काठ  ६८ थान काठ र मिलका संचालक मदन ठाकुरलाई पक्राउ गरिएकाे थियाे । तर मिल सञ्चालकलाई भने केही बेरमै छोडेको नाम नखोल्ने सर्तमा एक कर्मचारीले बताए । 


डिभिजन वन कार्यालयका प्रमुख शैलेन्द्रकुमार मिश्रका अनुसार बरामद काठ र फरार रहेका स-मिल सञ्चालक ठाकुरमाथि अनुसन्धान भइरहेको  छ । 

अवैध रुपमा कटान गरी स–मिलसम्म पुर्‍याउँदा पनि नजिकै रहेको सब–डिभिजन वन कार्यालय चोहर्वा र सब–डिभजन वन कार्यालय मिर्चैयाले नियन्त्रणमा लिन सकेका थिनन् ।

सब–डिभिजन वन कार्यालय चोहर्वाकाको कर्मचारीको र प्रहरी प्रशासनकै  मिलोमतोमा यस क्षेत्रवाट व्यापक रुपमा काठ चोरी तस्करी हुने गरेको स्थानीय बताउँछन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!