सिरहामामा निषेधाज्ञाको अवधि थपियो

Posted on: 02 Jun, 2021

जेठ १९, सिरहा | सिरहामा निषेधाज्ञाको समय १० दिन थप गरिएको छ । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा १० दिन थप गरेको हो ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले यही जेष्ठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।

सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । पछिल्लोपटक जेठ २१ गतेसम्म निषेधाज्ञाको समय थपिएकामा सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म लम्ब्याइएको प्रजिअ कणेँलले बताउनुभयो । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाएको छ । 

यसैबीच कोभिड १९ का कारण आज मात्र सिरहामा चार जनाको मृत्यु भएको छ भने ५१ जनामा सङ्क्रमण पुष्टी भएको छ । यो सँगै जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६३० रहेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!