धानबालीमा पानी लगाउने बिषयमा बिबाद हुँदा झडप

Posted on: 05 Sep, 2020

महेश सिंह | भदौ २०, सिरहा | सिरहाको बर्यारपटि गाउँपालिका वडा नम्वर १ कचनारीमा धानमा पानी पटाउने विषयलाई लिएर बिवाद हुँदा झडप भएको छ । शुक्रबार राती करीब ९ बजेतिर रामनाथ यादव र बिजय यादवको पक्ष बिच धान पटाउने विषयलाई लिएर बिवादले उग्ररूप लिएपछि झगडा भएको हो ।


स्थानीय अजय यादवको खेतमा रहेको बोरीङमा विद्युतबाट चल्ने पानी तान्ने मोटरबाट पानी धान खेतमा कसले पहिले हल्ने भन्ने बिषयमा बिवादले उग्ररूप लिए पछि झगडा भएको थियो । मोटर, बोरीङ २, जग्गा सहित स्थानीय सोही बस्ने अजय चौधरीको निही हुन् । पुरानो रिशिईवीको कारणले उक्त झगडा भएको स्थानीयले बताएका छन् । धान पटाउने एउटा बहाना र झगडा गर्ने निहु मात्र भएको उनले बताए । झगडापछि घाइते हुनेमा दिनेश कुमार यादव, श्याम कुमार भगत र मिथिलेश यादव छन् । उनीहरुको सिरहा सदर मुकायमको सरकारी अस्पतालमा उपचार गराएको पीडितले बताए ।


यता १० जनाको एक समुहले राज कुमार यादवको श्रीमती स्वस्तिका कुमारी गिरी यादवलाई घरमा गई बोक्सीको आरोपमा बेस्सरी कुट्पिट गरेको पीडितले बताएका छन् । उक्त घटनामा शान्ति सुरक्षाको लागि प्रहरी चौधरी कचनारीबाट खटिएको नेपाल प्रहरीको दुई जना जवान र बोर्डर चेक पोस्ट कचनारीमा खटिएको सशस्त्र प्रहरीका ईन्स्पेक्टर सुर्य धमलालाई बायाँ पाखुरामा गहिरो चोट लागेको धमलाले बताएका छन् । नेपाल प्रहरीमा घाइते जवानको नाम गोप्य राखिएको छ । उक्त घटनाको आरोपमा  एक जना युवालाई ईलाका प्रहरी कार्यालय लक्ष्मीपुर पतारीको थुनुवा गृहमा राखिएको छ । उक्त घटना पछि युवालाई पक्राउ गरि छानबिनको लागि राखिएको ईन्स्पेक्टर अरबिन साहले बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!