क्लज थिचिँदा ट्रक दुर्घटना, एकजनाको ज्यान गयो

Posted on: 24 Dec, 2021

पुस ९, काठमाडौँ | सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० शिखरपुरमा महेन्द्रा निसान ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आज बिहान साढे ८ बजे बा२ख ३६८९ नंको महेन्द्रा निसान ट्रकबाट सामान झार्दै गर्दा क्लज थिचिएर ट्रक दुर्घटना भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राइले जानकारी दिए।

ट्रक लगभग १०० मिटर तल पुगेको स्थानीयवासीले बताएका छन्। जुगल गाउँपालिका सेलाङका अन्दाजी ३३ वर्षीय कमल कार्कीको दुर्घटनामा मृत्यु भएको निरीक्षक राईले बताए। कार्की गाडीधनी हुन्। प्रहरीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!