सुनकोशीमा तीन शव फेला

Posted on: 16 Jun, 2021

असार २, सिन्धुली (रासस) । सुनकोशी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन् । आज साँझसम्म पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोशी गाउँपालिका –५ मूलकोट, सुनकोसी  –६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका –६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन् ।

कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा भेटिएको शवको पहिचान हुन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

सुनकोशीमा देखिएको शव निकाली परीक्षणका लागि सिन्धुलीमाढीतर्फ ल्याइँदै गरेको उहाँले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!