सिन्धुलीको दुधौलीबाट हारगुहार ! अस्ति चार जना कुटियौं, आज घरमा बाढी पस्यो !

Posted on: 31 May, 2021

जेठ १७, काठमाडौँ | सनिबार सिन्धुलीको दुधौली नगरपालिका २, भलुवाईमा छिमेकीले कुट्दा चार जना घाइते उपचारको लागि काठमाडौँ आए । लामो समयको जग्गा बिबाद स्थानीय निकायले मिलाईदिन नसक्दा कुटपिटसम्मको घटनामा परिणत भएको पिडितहरुले बताएका छन् । 

स्थानीय मकरध्वज रोकाले २०५२ सालमा किनेको जग्गा नाप/नक्सा गर्दा खोलाको जग्गा समेत आफ्नो नाममा परेको भन्दै विवाद सृजना गरेका थिए । रोकाले आफू बसाई सरि आउनु अघिदेखिनै  सोहि स्थानमा बगेको खोलामा आफ्नो जग्गा परेको भन्दै खोला पुरेर अर्कै ठाउँबाट खोला बगाएका थिए । 

गत सनिबार ठूलो बर्षा हुने क्रममा आएको बाढीले घरनै बाढीमा पर्न सक्ने भएपछि अर्को तर्फ पानी फर्काउने क्रममा सापकोटा परिवारलाई छिमेकी मकरध्वज रोका सहित छोराहरु रमेश रोका, बद्रि रोका, दिपेन्द्र रोका र सालीको छोरा दिपक बुढाथोकीले मिलेर आक्रमण गरेको स्थानीय मोदनाथ सापकोटाले बताएका छन् । सो क्रममा सापकोटा परिवारका चार जना निर्घात कुटिएको सापकोटाले बताएका छन् । 

उक्त घटनामा घाइते भएकी १६ बर्षिया किशोरी बिनिता सापकोटाले भनिन् - 'झगडामा पिटिनुभएकी आमालाई छुट्याउन गएकी थिएँ । एक्कासी मलाई तानेर लडाए अनि रोकाका सालीको छोरा र माइलो छोराले मलाई छाती, पेट र ढाँडमा, जहाँपायो त्यहाँ हाने । मेरो आमा (बालकुमारी सापकोटा) लाई बाँसको लौराले हानेको देखेपछि म घटना स्थलमा गएकी हुँ ।' झगडा हुने क्रममा नारायण सापकोटा र गौरी सापकोटालाई जिउभरी मुड्कीले हानिएको र टाउकोमा हानिएको र नारायण सापकोटाको दाँतमा हान्दा हल्लिएको बताइएको छ । 

घटनाको बिषयमा पिडक भनिएका मकरध्वज रोकाले आफू पनि घाइते भएको भन्दै निवेदन दिएका थिए । आफूलाई लागेको आरोपको बिषयलाई नकार्दै उनले भने 'मुक्का-मुक्की मात्रै भएको हो । घाइते भनिएकाहरुको अवस्था सामान्य छ ।' आफ्ना छोराहरु छुट्याउन गएको भन्दै १६ बर्षिय किशोरी नकुटिएको रोकाको दावी छ । तर कुटिएकि किशोरी काठमाडौँमा उपचारको लागि आएकी छन् । उनको दावी छ कसरी प्रमाणित गर्छन् गरे हुन्छ 'मलाई मेरो छाती, पेट र ढाडमा लात्ती र मुक्काले हानेका हुन् ।'

यसै सम्बन्धमा दुधौलीको हतपते प्रहरीले घटनापछि घाइतेहरुलाई घटना पछि काठमाडौँ पठाइएको जनाएको छ । स्थानीय प्रहरीको अनुसार घटनाको विवरण अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीले हेर्ने गरि पठाइएको छ । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घाइतेहरु काठमाडौँबाट आएपछि छानबीन हुने जनाएको छ ।

केहि समय अघि स्थानीय प्रतिनिधि तथा राजनीतिक दलहरु मिलेर बिबाद मिलाउने क्रममा मकरध्वज रोकाले जहाँबाट खोला बगेको थियो, त्यहि स्थानबाट खोला बग्न दिने भनि मौखिक सम्झौता गरेका थिए । तर अहिले अटेर गरेको कारण विवादले घटनाको रुप लिएको पिडितहरुले बताएका छन् । यस सम्बन्धमा छिमेकी मकरध्वज रोकाले जहाँबाट खोला बगेको त्यहीबाट पानी बग्न दिने मौखिक सम्झौता नमानेको दुधौली २ का वडाध्यक्ष रितेश राउतले बताएका छन् । 

सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने !

स्थानीय स्तरका यस्ता घटनाहरु स्थानीय स्तरमै समाधान हुनुपर्ने नीति सहित समाजमै नमिलेका घटनाहरुको समाधानको लागि अहिले हरेक स्थानीय तहमा न्यायपालिकाहरु गठन भएका छन् । कतिपय घटनाहरु स्थानियहरु आफै मिलेर पनि समाधान गर्न सक्छन्  । तर घटनाहरु बिभिन्न कारण माथिल्लो निकायसम्म पुग्ने गरेको छ । स्थानीय निकायलेनै समाधान गरिदिन सक्ने घटनाहरु वेवास्ता हुँदा, नातावाद, राजनीतिक कारण वा उजुरी नपुग्दा सिधै माथिल्लो निकायसम्म पुग्ने गरेका छन् । माथिको घटनाको सम्बन्धमा पनि यस्तै विषय आकर्षित भएको छ । पिडितहरुको अनुसार स्थानीय जन प्रतिनिधिसँग रोकाको मितेरी नाताको कारण समेत आफूहरुले न्याय निसाव नपाएको गुनाशो छ । 

पिडितहरुको दावीलाई हेर्ने हो भने राजनीतिक पहुँच र शक्तिको आडमा मकरध्वज रोकाले आफूहरुलाई अन्याय गरिरहँदा हालसम्म न्याय पाएका छैनन् । नम्वरी जग्गा खोलामा परेपछि मकरध्वजले खोला थुनेको र त्यसैको कारण सापकोटा परिवार सहित अन्यले समेत समस्या झेलेको स्थानीय नेता तथा बुद्धिजीवीहरुले समेत स्वीकारेका छन् । स्थानीय जनप्रतिनिधिले समेत यो विषयमा रोकायकै गल्ति देख्छन् तर समस्या समाधानमा स्थानीय तह खरो रुपमा उत्रिन नसक्दा विवाद चुलिदै मारामारको स्थितिमा पुगेको छ । रोकायाकै अटेरीको कारण सोमबार (आज) मात्र पनि सापकोटाको घरमा बाढी पसेको भन्दै पिडितले सोको भिडियो पठाएका छन् । बर्षौंदेखि खोला जताबाट बगेको थियो त्यसलाई थुनेर अन्यत्र बगाउँदाको असर सापकोटा सहित अरु परिवारमा पनि परेको छ । कसैले नापजाँच गर्दा बर्षौंदेखि बग्दै आएको खोलामा आफ्नो जग्गा भएकै कारण खोला थुनेर अरु परिवारलाई शान्तपुर्वक बाच्ने अधिकार हनन भएको सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनीहरुको गुनाशो छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!