मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

Posted on: 12 Nov, 2022

कात्तिक २६, सर्लाही | सर्लाहीको ईश्वरपुरमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। गएराति ईश्वरपुर नगरपालिका–९, खोरिया टोलमा नम्बर नखुलेको मोटरसाइकल दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६, का विजय मुखियाको रहेको जिल्ल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको हो । 

दुर्घटनामा परेका मुखियाको मुख, टाउको लगायत शरीरको विभिन्न भागमा चोटलागेको थियो । उनलाई स्थानीयले गम्भीर अवस्थामा उद्धार गरी नजिकैको अस्पताल पु-याएका थिए । अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!