पसलमा सामान किन्न दिएको नोट नक्कली भएको उजुरी परेपछि एक भारतीय युवक पक्राउ

Posted on: 15 May, 2022

जेठ १, सर्लाही | प्रहरीले नक्कली नोट सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

सर्लाहीको गोडैता नगरपालिका-८ स्थित गोडैता बजारबाट नक्कली जस्तो देखिने नेपाली एक हजारको ४ थान नोटसहित भारत सितामढी रनौली-१० बस्ने २२ वर्षीय सरोज कुमार बैठालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त स्थानमा सोही नगरपालिका-५ रामबन घर भइ पार्चुनको पसल गरी बस्ने सुजित यादवको पसलमा बैठाले सामान किनमेल गर्ने क्रममा नेपाली एक हजारको नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गौडेताबाट खटिएको प्रहरीले बैठालाई नियन्त्रणमा लिएको थियो। साथै उनको साथबाट सक्कली जस्तो देखिने नेपाली नोट ५ सयको १ थान, १ सयको नोट २ थान, र ५० को नोट १ थान समेत प्रहरीले बरामद गरेको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!