सर्लाही जिल्ला ट्राफिक प्रहरी कार्यालयको नयाँ भवन बन्यो

Posted on: 20 Apr, 2021

वैशाख ७, सर्लाही । जिल्ला ट्राफिक प्रहरी कार्यालयले नयाँ भवनबाट सेवा शुरुआत गरेको छ । विगत लामो समयदेखि सो कार्यालय भाडाका घरमा रहदँै आएको थियो । करिव सात वर्षपछि स्थानीय निकाय, संघीय सरकार तथा समाजसेवीका सहयोगमा भवन निर्माण सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष प्रेमहरी काफ्लेले जानकारी दिनुभयो । 

उहाँका अनुसार तत्कालीन नेत्रगञ्ज गाविसबाट रु ५० हजार, लालबन्दी नगरपालिकाबाट रु २० लाख, हरिवन नगरपालिकाबाट रु एक लाख, वाग्मती नगरपालिकाबाट रु दुई लाख ५० हजार, प्रदेश सरकारबाट रु पाँच लाख र केन्द्र सरकारबाट रु नौ लाख प्राप्त भएको थियो । 

यसैगरी प्याब्सनबाट रु एक लाख ५० हजार र व्यवसायीबाट गरी करिब पाँच लाखगरी कुल रु ४४ लाख ५० हजारको लागतमा सो भवन निर्माण भएको हो ।  कार्यालयका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्गले नयाँ भवनबाट सेवा प्रवाहमा सहज भएको र  भवन निर्माणमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!